Sunday, August 17, 2008

उप राष्ट्रपति परमानन्द झाको निवासमा वम विष्फोट

राजधानीको गौरिघाटस्थित उप राष्ट्रपति परमानन्द झाको निवासमा राति साढे सात बजे वम विष्फोट गराइएको छ। घर पछाडिबाठ फालिएको सकेटवम विष्फोटमा परी नेपाली सेनाका श्रीप्रसाद र्सर्वुजा घाइते भएका छन्। घाइते सैनिकलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको भए पनि खतराबाट बाहिर रहेको बताइएको छ।
उपराष्ट्रपति झा र उन्का परिवार विष्फोटका बेला घरमै रहे पनि सबै जना सुरक्षित रहेका छन। उपराष्ट्रपतिका लागि सरकारी निवासको अहिलेसम्म व्यवस्था भएको छैन। विष्फोटको जिम्मा राष्ट्रिय मुक्ति सेनाले लिएको थियो। उपराष्ट्रपति झाले हिन्दीमा सपथग्रहण गरेपछि राष्ट्रिय भावना विपरित भन्दै देशभर आन्दोलन चर्किएको थियो। सायद त्यसैले होला कहिल्यै नाम नसुनिएको राष्ट्रिय मुक्ति सेना नामको नयाँ सगठनले बम प्रहारेको जिम्मा लिएको।

Monday, July 28, 2008

गृह मन्त्रि द्वारा बिग्यपती

प्रामानन्द झा बिरोध भएको आन्दोलन को कारनले देश भरको जनजिवन यति दिन देखि प्राभावित हुदा सम्म पनि केहि निर्णय लिन न सक्ने र जब मधेसमा बिरोधको सुरुवात हुने बितिकै बिग्पती आउनु र सम्प्रादाईकताको कुरा ल्याउनु र मेडियाहरु लाई यस्तो खबर प्रसारन नगर्न लाई अनुरोध गर्नु सरा सर मधेसीहरु माथी दमन गर्ने अभिप्रय हो।देस को गृह मन्त्री कुनै पहाडिको होइन तर पनि पहाडिहरु को सपोर्टमा जहिले नि बोल्छ त्यसको बिरोध किन गर्दैना पहाडि हरु यदि यिनिहरु साच्चैमा आफुलाई देसभक्त मान्छ भने? तर यस्तो काई गर्दैन किन कि यिनि हरु देशलाई बेच्ने देशभक्त हुन पहारिबाद देशभक्त हुन।त्यासैले आ-आफ्नो बाद बाट अलि माथि आएर देश बनाउन लाई सब बाद हरुलाई हर्दिक अपिल छ

प्रामान्नद झा को बिरोध हुदां


नेपालको पहिलो उपराष्ट्रपतिको रुपमा चुनिनु भएको प्रमान्द झा ले लएको हिन्दी भाषाको सपथ देशको बिभिन्न ठऊमा बिरोध भईरहेको। तर हाम्रो देशका प्रधान मन्त्रि अर्थ मन्त्रि माकुने बिभिन्न समयमा हिन्दी भाषामा बोल्दा सहमती गर्दा यि आफुलाई देस भक्त भन्ने जन्ताहरु कहा थिए।उपराष्ट्र पतिले हिन्दी भाषामा सपथ लिनु साच्ै खराब कुरो हो ।तर किन हिन्दीमा सपथ लियो त्यसको केहि कारण हरु जसको सप्सटिकरण बिभिन्न सञ्चार माध्यमबाट दिइसकेको छ।तर पनि यसको बिरोध ब्यापक रुपमा देख्दा यसको कारण पहारिबाद मन्सिकताको ऊपज हो जस्तो लाग्यो।प्रमानन्द झालाई लयाउने पार्टि फोरममाथी औला ऊठाउने बेला कान्ग्रेस एमालेको सम्रथनलाई किन बिरसिन्छ?यसबाट के प्रष्ट हुन्छ भने राष्ट्रबाद को खोल ओढेर देशमा अराज्कता सिर्जना गर्ने र देशलाई झन खराब स्थितिमा ळैजाने काम यहाका केहि प्रतिक्रियाबादी र पहारिबादि सोचको उपज हो।त्यसैले यस प्रती सजग रह्न सम्पुर्ण नेपाली हरुमा हार्दीक अपिल गर्दछौ।

रामबरण यादव किन सार्क सम्मेलन मा जान नहुने?



गिर्जा प्रसाग कोईरालाले राजिनामा दिईसकेको अवस्थामा फरि सार्क सम्मेलनमा नेपलाको प्रतिनिधीको रुपमा जाने अधार के हो? के यो अबैधानिक होइन ? हो, अबैधानिक हो तर पनि किन मौन छन यी देशभक्त नेपलाळीहरु? के सार्क सम्मेलनको नेत्रित्व रामबरणले गर्न न हुने हो? नेपालको राष्ट्रपती रामबरण भएको र अहिले सम्म सरकारको निर्धारण नभएकोले सार्क सम्मेलनमा जाने प्रमुख जिम्मेवारी रामबरण यादवको हो । त्यसैले सरकारको यो निर्णयलाई बिरोध गर्नु पर्ने देखिन्छ। तर पनि सब जनाको मौनताले धेरै प्रश्न उबजाउछ? त्यसैले राम्रो लाई राम्रो र खराबलाई खराब भन्ने बानी बसालौं, कुनैबाद को अन्दभक्त हुनु देशको लागि नै खतरनाक हुन्छ।त्यसैले एक चोटि बिचार गरम, देशको नेता मा मात्र दोस लाएर आफ्नो गल्तीबाट उम्किन खोज्ने देशबासीलाई सतर्क हुन अनुरोद छ।

Wednesday, April 16, 2008

चैत्र २८ गते समपन्न चुनावमा मधेस र मधेसीको हकहितको लागी लड्ने भनेर आउदै गरेको मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टि र सदभवनाको महतो पछ बिच राम्रो संग तालमेल न हुदा धेरै ठाऊमा पराजय बेहोर्नु परेको छ । अहिले सम्मको नतिजा हेर्दा फोरम अगाडि देखिएपनि सोचे जस्तो सन्तुस्ट हुन सके छैन,मधेसी जन्ताहरु।मधेसी जन्ताको भावना बिपरित काम गरेको ठहर गर्दै मधेस र मधेसीको मुख्य समस्या समाधान गर्न छोडेर नया पार्टि गठन गर्ने महन्थ ठाकुर र तालमेल गर्न नसक्ने फोरमका कारनले मधेसले धेरै घाटा बेहोरनु परेकोछ ।मधेस मधेसीको समस्यालई देखाएर यदि आफ्नो व्यक्तित्व बिकास गर्न खोज्ने जो कोहिलाइ पनि मधेसी जन्ताले नछोड्ने कसम खाको छ , त्यसैले यी तिन दलका शिर्ष नेताहरुलाई मधेसी जन्ताको सहयोग असहयोगमा न बदलोस भनेर पार्टि अथवा व्यकति्तव बिकासमा भन्दा मधेस र मधेसीको समस्यालाई पहिचान गरि अगाडी बढ्न अनुरोध गर्दछै।

Thursday, February 28, 2008

मधेस वासी हरुलाई मेरो अनुरोध

आन्दोलन को सफालताको लागी वलिदान दिनुभएका विर मधेसी सहिद प्रती हाम्रो सलाम छ र साथै ऊहा हरुको घरको सदस्यहरुलाई पनि हाम्रो तर्फबाट हार्दिक सहानुभुती दिदै देशको लागि लड्नु भएका विर योद्धा हाम्रो लागि र यो राष्ट्रको लागि नै सम्मान हुने हुनाले तपाई हरु गर्व गर्नुस भन्ने मेरो ईच्छा छ।
दुई चरनमा भएको यो आन्दोलनमा ५० जना जति विर मधेसी सपुतले दिएको योगदान र १००० भन्दा बढि घाईते हुनु भएका विर्ताको स्वरुपहरुको ईच्छा अकाण्कछा लाई पुरा गर्न सबै मधेस वासी हरुलाई एक जुट भई मधेसलाई एउटा सफल मधेस बनाई देश निरमाण र विकाशमा सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछु ।

मधेशमा आज विजय जुलुस

सरकार र मधेस वादी दल बिच भएको आठ बुन्दे सहमती कर्यण्वयन हुने विश्वाश आज सरकार र मधेशी दल बिच भएको वार्ताले सफलता पाएपछि मधेशमा आज विजय ऊत्सव मनाई रहेको छ। साथै मधेसवादी दलहरुले सम्विधान सभाको चुनावमा भाग लिने वातावरण सरकारले मिलाई दिने आश्वाशन पनि दिएको छ ।

आज वार्ता सफल हुने विश्वाश

सरकार र मधेसवादी दलहरु बिच बिभिन्न माग लिएर आन्दोलनमा उत्रेका मधेसी हरुको अधिकार आज राज्यबाट प्राप्त हुने विश्वाश गरिएको छ।त्यसैको लागि आज वालुवाटारमा सरकार र मधेसबादी दलहरु बिच आज बिहानैबाट वार्ता भईरहेको जानकारी आएको छ।

Wednesday, February 27, 2008

बिराटनगरमा एकको मृत्यु

संयुक्त मधेसी मोर्चाले अहवान गरेको बन्दमा सरकारी दमनको नयां पराकास्ट , बिराटनगरका एक जना मधेसी लाई बाटोमा हिडिरहेको बेला सस्त्र प्रहरीले गोली हानी हत्या गरेको र शव ४ घण्टा सम्म लुकाएर राखेको कुरा भरकरै खुलासा भएको छ।
गोली हान्ने बेला २ जना प्रत्यछ दर्शिले यो खबर प्रहरीलाई दिन लाग्दा त्याहाको प्रहरीहरुले ऊल्टै मर्ने गरी कुटेको कुरा सञ्चार माध्यमलाई जनाएको छ ।

वार्ता असफल भएको जानकारी

गिर्जाप्रसाद कोईरालाले सरकार र मधेस वादी दलहरु बिच भएको वार्तामा हस्ताछर नगरेकोले सहमती बिफल भएको जानकारी भएको छ।मधेस वादी दलहरुलाई वार्तामा बोलाएर आफु र सरकारी वर्ता टोली नआएर आफ्नो अपमान गरेको र मधेस समस्या प्रति गम्भिर नभएको आरोप मधेसी दलको एक सदस्यले बताऊनु भयो ।

Tuesday, February 26, 2008

वार्ता सफल भएको जानकारी

बिगत केहि महिना देखी आन्दोलनमा उत्रेका मधेसवादी दलहरुको माग आज वार्तावाट सफल भएको बतायो । संयुक्त मधेसी मोर्चाको एक जना सदस्य शलमेन्द्र नाथ शुकलाको अनुसार सरकारले आज ईमान्दारी पुर्वक वार्तामा बसेको ले वार्ता सफलता सम्म पुगेको बताउनु भयो ।

Sunday, February 24, 2008

तराई मधेश होईन

तराईलाई संबिधानमा मधेश लेखेकोमा आपती जनाऊदै र अहिलेको एक मधेश एक प्रदेशमा बिरोद्ध जनाउदै थारु कल्यानकारी द्वारा राजधानीको बार एसोसिएसन अगाडी बिरोध प्रदर्शन गरियो । हामी थारु हो,मधेशी होईन र मधेश हामी स्विकारदैनौ भन्ने आवाजको साथ धेरै राजनितिक कार्यलयमा ज्ञायापन पत्र बुझाइयो ।

Saturday, February 23, 2008

ेेेेएक मधेश एक प्रदेश भन्दा तल नझर्ने


एक मधेस एक प्रदेस भन्दा तल न झर्ने कुरा हालै काठमाण्डौको मण्डलामा गरिएको सरकारी दमन बिरुद्धको एक कार्यक्रममा संयुक्त मधेसी मोर्चाको एक सदस्य महण्थ ठाकुरले बताउनु भयो ।

मधेस आन्दोलनलाई समर्थन जनाउदा राजधानीमा बसोबास गर्दै मधेसी समुदाय



संयुक्त मधेशी मोर्चाको नेत्रुत्वमा काठमाण्डौमा आज शान्ति पुर्ण जुलुस

मधेश आन्दोलनलाई समर्थन जनाउदै राजधानीमा बसिबास गरिआको मधेशी समुदायले संयुक्त मधेशी मोर्चाको नेत्रुत्वमा आज तिनकुने देखी मण्डला सम्म बिशाल शान्ति पुर्ण जुलुस निकाले । मण्डलामा पुगेका सम्पुर्ण जनसमुदायलाई मधेश माग पुरा नहुन्जेल हामी यो आन्दोलन बाट पछाडी नहट्ने बिश्वाश महन्थ ठाकुरले दिलाउनु भयो।

Thursday, February 21, 2008

नेपालमा कर्फयु

मधेशमा आफ्नो अधिकारको लागि आन्दोलन गरिरह्दा त्याहा र नेपालको बिभिन्न भागमा घरायसी समस्या र पेट्रोल,डिजल आदिको अभाव हुदा नेपाल सरकारले मधेश आन्दोलनमा सेनाको परिचालन गरी त्याहाको जन्ता माथी दमनको निति बनाको बेला न त कुनै मेडियाले खुल्ला रुपमा त्यसको समाचार प्रस्तुत गर्छ न त कुनै मानव अधिकार बादीले नै त्यसको बिरोध गर्छ । नेपाल सरकारले आफ्नो एेकात्मक राज्यको परिचय यसरी पनि गराको छ ; मधेशमा सब आन्दोलनकारी र त्याहाको जनसमुदायमा अभाव भईरहेको न देखी खालि राजधानिमा बसेको हरुलाई खानलाई र अरु पदार्थको आयातमा ध्यान दिइरहेको कुरा हामि सबलाई अवगत नै छ ॥ नेपालमा कर्फयु लगाएर गाडी चलाइन्छ किनकी जसरी भए पनि मधेशलाई दमन गर्ने निति बनाको छ ।

some pictures on support of madhesh aandolan



मधेशी सहिद प्रति हाम्रो सम्मान


नेपाल तराई नवजागरन संघ पुल्चोकको अगुवाईमा सफालता पुर्वक गरिएको कार्याक्रम "मधेशी सहिद प्रति सम्मान र राज्यबाट भईरहेको दमनको बिरुद्ध र मधेस आन्दोलनमा हाम्रो एक्यबध्ता " मा संयुक्त मधेसि मोर्चाका उपेन्द्र झा को प्रमुख अतिथीमा पुल्चोक क्याम्पसको परिसरमा करिब ५० जनाको सहभागितामा सम्पन्न भयो ।

Thursday, January 3, 2008

Thakur-led party seeks autonomous Terai guarantee

Kantipur Report

KATHMANDU, Jan 3 - The recently formed Terai-Madhes Loktantric Party (TLP) Thursday handed over a memorandum to Prime Minister Girija Prasad Koirala, demanding, inter alias, a constitutional guarantee that the country’s lowland belt gets autonomy with the right to self-determination. Talking to reporters after handing over the memo to the PM, chairman of the regional party, Mahanta Thakur warned that they would launch a peaceful agitation if the 11-point demand was not fulfilled within two weeks. “(This) is a struggle for freedom. Madhes needs autonomy. We are not going to backtrack or surrender our demands,” said Thakur, who had resigned as Minister for Science and Technology and a senior Nepali Congress leader last month. Their other demands include martyr’s status to those killed during last year’s Madhes revolt, free medical treatment to the injured ones, and an independent probe into the use of force during the revolt. Inclusion of the Madhesi people in the national army and allocation of the budget on the basis of the population are their other key demands.

Posted on: 2008-01-03 09:07:41 (Server Time)

(Source : ekantipur.com)