Sunday, August 17, 2008

उप राष्ट्रपति परमानन्द झाको निवासमा वम विष्फोट

राजधानीको गौरिघाटस्थित उप राष्ट्रपति परमानन्द झाको निवासमा राति साढे सात बजे वम विष्फोट गराइएको छ। घर पछाडिबाठ फालिएको सकेटवम विष्फोटमा परी नेपाली सेनाका श्रीप्रसाद र्सर्वुजा घाइते भएका छन्। घाइते सैनिकलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएको भए पनि खतराबाट बाहिर रहेको बताइएको छ।
उपराष्ट्रपति झा र उन्का परिवार विष्फोटका बेला घरमै रहे पनि सबै जना सुरक्षित रहेका छन। उपराष्ट्रपतिका लागि सरकारी निवासको अहिलेसम्म व्यवस्था भएको छैन। विष्फोटको जिम्मा राष्ट्रिय मुक्ति सेनाले लिएको थियो। उपराष्ट्रपति झाले हिन्दीमा सपथग्रहण गरेपछि राष्ट्रिय भावना विपरित भन्दै देशभर आन्दोलन चर्किएको थियो। सायद त्यसैले होला कहिल्यै नाम नसुनिएको राष्ट्रिय मुक्ति सेना नामको नयाँ सगठनले बम प्रहारेको जिम्मा लिएको।