Wednesday, April 16, 2008

चैत्र २८ गते समपन्न चुनावमा मधेस र मधेसीको हकहितको लागी लड्ने भनेर आउदै गरेको मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टि र सदभवनाको महतो पछ बिच राम्रो संग तालमेल न हुदा धेरै ठाऊमा पराजय बेहोर्नु परेको छ । अहिले सम्मको नतिजा हेर्दा फोरम अगाडि देखिएपनि सोचे जस्तो सन्तुस्ट हुन सके छैन,मधेसी जन्ताहरु।मधेसी जन्ताको भावना बिपरित काम गरेको ठहर गर्दै मधेस र मधेसीको मुख्य समस्या समाधान गर्न छोडेर नया पार्टि गठन गर्ने महन्थ ठाकुर र तालमेल गर्न नसक्ने फोरमका कारनले मधेसले धेरै घाटा बेहोरनु परेकोछ ।मधेस मधेसीको समस्यालई देखाएर यदि आफ्नो व्यक्तित्व बिकास गर्न खोज्ने जो कोहिलाइ पनि मधेसी जन्ताले नछोड्ने कसम खाको छ , त्यसैले यी तिन दलका शिर्ष नेताहरुलाई मधेसी जन्ताको सहयोग असहयोगमा न बदलोस भनेर पार्टि अथवा व्यकति्तव बिकासमा भन्दा मधेस र मधेसीको समस्यालाई पहिचान गरि अगाडी बढ्न अनुरोध गर्दछै।