Thursday, February 28, 2008

मधेस वासी हरुलाई मेरो अनुरोध

आन्दोलन को सफालताको लागी वलिदान दिनुभएका विर मधेसी सहिद प्रती हाम्रो सलाम छ र साथै ऊहा हरुको घरको सदस्यहरुलाई पनि हाम्रो तर्फबाट हार्दिक सहानुभुती दिदै देशको लागि लड्नु भएका विर योद्धा हाम्रो लागि र यो राष्ट्रको लागि नै सम्मान हुने हुनाले तपाई हरु गर्व गर्नुस भन्ने मेरो ईच्छा छ।
दुई चरनमा भएको यो आन्दोलनमा ५० जना जति विर मधेसी सपुतले दिएको योगदान र १००० भन्दा बढि घाईते हुनु भएका विर्ताको स्वरुपहरुको ईच्छा अकाण्कछा लाई पुरा गर्न सबै मधेस वासी हरुलाई एक जुट भई मधेसलाई एउटा सफल मधेस बनाई देश निरमाण र विकाशमा सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछु ।

मधेशमा आज विजय जुलुस

सरकार र मधेस वादी दल बिच भएको आठ बुन्दे सहमती कर्यण्वयन हुने विश्वाश आज सरकार र मधेशी दल बिच भएको वार्ताले सफलता पाएपछि मधेशमा आज विजय ऊत्सव मनाई रहेको छ। साथै मधेसवादी दलहरुले सम्विधान सभाको चुनावमा भाग लिने वातावरण सरकारले मिलाई दिने आश्वाशन पनि दिएको छ ।

आज वार्ता सफल हुने विश्वाश

सरकार र मधेसवादी दलहरु बिच बिभिन्न माग लिएर आन्दोलनमा उत्रेका मधेसी हरुको अधिकार आज राज्यबाट प्राप्त हुने विश्वाश गरिएको छ।त्यसैको लागि आज वालुवाटारमा सरकार र मधेसबादी दलहरु बिच आज बिहानैबाट वार्ता भईरहेको जानकारी आएको छ।

Wednesday, February 27, 2008

बिराटनगरमा एकको मृत्यु

संयुक्त मधेसी मोर्चाले अहवान गरेको बन्दमा सरकारी दमनको नयां पराकास्ट , बिराटनगरका एक जना मधेसी लाई बाटोमा हिडिरहेको बेला सस्त्र प्रहरीले गोली हानी हत्या गरेको र शव ४ घण्टा सम्म लुकाएर राखेको कुरा भरकरै खुलासा भएको छ।
गोली हान्ने बेला २ जना प्रत्यछ दर्शिले यो खबर प्रहरीलाई दिन लाग्दा त्याहाको प्रहरीहरुले ऊल्टै मर्ने गरी कुटेको कुरा सञ्चार माध्यमलाई जनाएको छ ।

वार्ता असफल भएको जानकारी

गिर्जाप्रसाद कोईरालाले सरकार र मधेस वादी दलहरु बिच भएको वार्तामा हस्ताछर नगरेकोले सहमती बिफल भएको जानकारी भएको छ।मधेस वादी दलहरुलाई वार्तामा बोलाएर आफु र सरकारी वर्ता टोली नआएर आफ्नो अपमान गरेको र मधेस समस्या प्रति गम्भिर नभएको आरोप मधेसी दलको एक सदस्यले बताऊनु भयो ।

Tuesday, February 26, 2008

वार्ता सफल भएको जानकारी

बिगत केहि महिना देखी आन्दोलनमा उत्रेका मधेसवादी दलहरुको माग आज वार्तावाट सफल भएको बतायो । संयुक्त मधेसी मोर्चाको एक जना सदस्य शलमेन्द्र नाथ शुकलाको अनुसार सरकारले आज ईमान्दारी पुर्वक वार्तामा बसेको ले वार्ता सफलता सम्म पुगेको बताउनु भयो ।

Sunday, February 24, 2008

तराई मधेश होईन

तराईलाई संबिधानमा मधेश लेखेकोमा आपती जनाऊदै र अहिलेको एक मधेश एक प्रदेशमा बिरोद्ध जनाउदै थारु कल्यानकारी द्वारा राजधानीको बार एसोसिएसन अगाडी बिरोध प्रदर्शन गरियो । हामी थारु हो,मधेशी होईन र मधेश हामी स्विकारदैनौ भन्ने आवाजको साथ धेरै राजनितिक कार्यलयमा ज्ञायापन पत्र बुझाइयो ।

Saturday, February 23, 2008

ेेेेएक मधेश एक प्रदेश भन्दा तल नझर्ने


एक मधेस एक प्रदेस भन्दा तल न झर्ने कुरा हालै काठमाण्डौको मण्डलामा गरिएको सरकारी दमन बिरुद्धको एक कार्यक्रममा संयुक्त मधेसी मोर्चाको एक सदस्य महण्थ ठाकुरले बताउनु भयो ।

मधेस आन्दोलनलाई समर्थन जनाउदा राजधानीमा बसोबास गर्दै मधेसी समुदाय



संयुक्त मधेशी मोर्चाको नेत्रुत्वमा काठमाण्डौमा आज शान्ति पुर्ण जुलुस

मधेश आन्दोलनलाई समर्थन जनाउदै राजधानीमा बसिबास गरिआको मधेशी समुदायले संयुक्त मधेशी मोर्चाको नेत्रुत्वमा आज तिनकुने देखी मण्डला सम्म बिशाल शान्ति पुर्ण जुलुस निकाले । मण्डलामा पुगेका सम्पुर्ण जनसमुदायलाई मधेश माग पुरा नहुन्जेल हामी यो आन्दोलन बाट पछाडी नहट्ने बिश्वाश महन्थ ठाकुरले दिलाउनु भयो।

Thursday, February 21, 2008

नेपालमा कर्फयु

मधेशमा आफ्नो अधिकारको लागि आन्दोलन गरिरह्दा त्याहा र नेपालको बिभिन्न भागमा घरायसी समस्या र पेट्रोल,डिजल आदिको अभाव हुदा नेपाल सरकारले मधेश आन्दोलनमा सेनाको परिचालन गरी त्याहाको जन्ता माथी दमनको निति बनाको बेला न त कुनै मेडियाले खुल्ला रुपमा त्यसको समाचार प्रस्तुत गर्छ न त कुनै मानव अधिकार बादीले नै त्यसको बिरोध गर्छ । नेपाल सरकारले आफ्नो एेकात्मक राज्यको परिचय यसरी पनि गराको छ ; मधेशमा सब आन्दोलनकारी र त्याहाको जनसमुदायमा अभाव भईरहेको न देखी खालि राजधानिमा बसेको हरुलाई खानलाई र अरु पदार्थको आयातमा ध्यान दिइरहेको कुरा हामि सबलाई अवगत नै छ ॥ नेपालमा कर्फयु लगाएर गाडी चलाइन्छ किनकी जसरी भए पनि मधेशलाई दमन गर्ने निति बनाको छ ।

some pictures on support of madhesh aandolan



मधेशी सहिद प्रति हाम्रो सम्मान


नेपाल तराई नवजागरन संघ पुल्चोकको अगुवाईमा सफालता पुर्वक गरिएको कार्याक्रम "मधेशी सहिद प्रति सम्मान र राज्यबाट भईरहेको दमनको बिरुद्ध र मधेस आन्दोलनमा हाम्रो एक्यबध्ता " मा संयुक्त मधेसि मोर्चाका उपेन्द्र झा को प्रमुख अतिथीमा पुल्चोक क्याम्पसको परिसरमा करिब ५० जनाको सहभागितामा सम्पन्न भयो ।